Logo

बालिका बलात्कार गरेर फरार थापा १० वर्षपछि पक्राउ



अर्घाखाँची, १२ कात्तिक । अर्घाखाँचीको शितगंगा नगरपालिकामा १० वर्षअघि ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेर फरार रहेका एक जना पक्राउ परेका छन् ।

वि.स.२०६९ साल कात्तिक २६ गते शितगंगा नगरपालिका वडा नम्बर ६ ( साविक जुकेना गाविस-७) का शालिकराम थापाले स्थानीय ९ वर्षीया कमला थापा (नाम परिवर्तनलाई जबरजस्ती करणी गरि फरार रहेका थिए । थापालाई २०६९ कात्तिक २६ गते हाडनातामा जबरजस्ती करणी गरेको आरोपमा २०७२ मंसीर २६ गते जिल्ला अदालत अर्घाखाँचीले १५ वर्ष कैद सजाय सुनाएको थियो ।

जबरजस्ती करणी मुद्दामा फरार अभियुक्त थापा १० वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख मुकुन्द रिजालले बताए । शितगंगा नगरपालिकाको वडा नं.४ चाक्लामा लुकीछिपी बसेको अवस्थामा ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरी पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्