Logo

बालिका ३ दिन देखि बेपत्ता



झापा, २ साउन । अर्जुनधारा नगरपालिका ५  निवासी १३ बर्षिया रोशनी महरा दर्जी गत ३ दिन देखि बेपत्ता भएकी छिन ।
बिर्तामोड स्थित एक बिद्यालमा कक्षा ७ मा अद्ययनरत रोशनी असार ३२ गते बिहान ५ बजे घरबाट हराएकी उनकी आमा माया महरा दर्जीले बताउनुभयो।

एक पटक एक महिलासग फोनमा कुरा हुँदा दिक्तेलमा रहेको बताएका थिए त्यही समय देखि फोन सम्पर्क हुन नसकेको उनका बुबा बिनोद महराले बताउनुुभयो । छोरी नाबालिका रहेको र बिबाह गर्ने उमेर समेत नभएकोले कसैले ललाइ फकाइ कतै लगि बिक्री गर्देलानकी भनी बिर्तामोड इलाका प्रहरी कार्यालयमा निवेदन दिएको महराले सुनाउनुभयो । महराले प्रहरीले खोजी गरिदिउला भने पनि तेति चासो नदेखाएको गुनासो गर्नुभएको छ ।

बिनोद बिगत १० बर्ष देखि दृष्टिबिहिन भै घरमै बसेकोले श्रीमतिले ज्यालादारी गरि घर परिवार धानिराखेको र आफू कतै खोजी गर्न समेत जान नसक्ने भएकोले अन्य स्थानमा खोजी गर्न आर्थिक अवस्था पनि कमजोर रहेकोले प्रहरी प्रशासन, पत्रकार एवम् सम्पुर्णमा आफ्नो छोरी खोजी गरिदिन महराले अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्