काठमाडौँ, २३ फागुन । मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर सङ्घर्ष समिति नेपालका अध्यक्ष अवधेश कुशवाहासहित १६ जना पक्राउ परेका छन् ।
कुशवाहा सरकारसँगको वार्ता टोलीका संयोजकसमेत छन् । पटक-पटक सरकारसँग वार्ता भए पनि निष्कर्षमा भने पुग्न सकेको छैन ।
प्रदर्शनका क्रममा उनीहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको गेट नम्बर ३ नजिकैबाट पक्राउ परेका सङ्घर्ष समितिका प्रवक्ता निर्ग नवीनले जानकारी दिए । पीडितहरू पूर्व र पश्चिमबाट २३ दिन हिँडेर काठमाडौँ आएका हुन् ।






