काठमाडौँ, १० पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारबाट बाहिरिएका छन् ।
नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनको बैठक बसिरहेका बेला प्रचण्ड बालुवाटारबाट बाहिरिएका हुन् । बैठकमा कुनै सहमति नभएको बताइएको छ ।
माओवादीले प्रधानमन्त्रीमा दाबी गरिरहँदा कांग्रेसले पनि यसमा अडान छोडेको छैन् ।







