काठमाडौँ, १५ चैत । सत्ता गठबन्धन दलका शीर्ष नेताको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको छ ।
आजको बैठकमा मन्त्रिपरिषद् विस्तार र प्रधानमन्त्री प्रचण्डले मङ्गलबार बैठकमा पेस गरेको न्यूनतम साझा कार्यक्रमको मस्यौदाबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत सत्ता गठबन्धनका शीर्ष नेता सहभागी छन् ।
यसैगरी, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसहित दलका प्रमुख नेता सहभागी छन् ।







