
काठमाडौँ, ८ पुस । बालुवाटारमा शीर्ष दलका तीन नेताबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफल सङ्क्रमणकालीन न्यायको विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
उक्त बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि उपस्थित सहभागी थिए ।







