
काठमाडौँ, ८ जेठ । सत्ता गठबन्धनको बैठक सुरु भएको छ । नयाँ आर्थिक वर्षको लागि सरकारले ल्याउने नीति तथा कार्यक्रमको बारेमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि सुरु भएको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको उपस्थित रहेको छ ।
सरकारले यही १० गते आफ्नो नीति तथा कार्यक्रम ल्याउँदैछ।







