काठमाडौँ, ३ जेष्ठ । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रतालाई कायमै राखेका छन् ।
अहिलेसम्म ३१ हजार ४ सय ६७ मत गन्दा साहले ११ हजार ९ सय ६३ मतसहित अग्रता लिइरहेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापित ५ हजार ४ सय २ मतले पछि छन् । स्थापितले ६ हजार ५ सय ६१ मत प्राप्त गरेका छन् । मेयरमै गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ५ हजार ७ सय ६३ मत प्राप्त गरेकी छन् ।
यस्तै उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले पनि फराकिलो अग्रतालाई कायमै राखेकी छन् ।