काठमाडौँ, १४ भदौ । चीनले नयाँ नक्सामा नेपाललाई हेपेको भन्दै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले गरे चीन भ्रमण स्थगित गरेका छन् ।
उनले नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेको रुपमा आफूले लिएको बताएका छन् ।
सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेको प्रति ध्यानाकर्षण गराएका हुन् ।
उनले लेखेका छन्, ‘केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ । त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको पाँच दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’







