काठमाडौं, २८ जेठ । गत चैत्र १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा प्रहरीले हानेको गोली लागेर गम्भीर घाइते भएकी रेविका खत्रीलाई संयुक्त जनआन्दोलन समितिले ८ लाख ३९ हजार ४०० रुपैयाँ रकम हस्तान्तरण गरेको छ ।
उक्त समयमा फोहोर तथा भौतिक क्षति भएको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले जरिवाना काटेका थिए । पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा जरिवाना काटेपछि नवराज सुवेदी वा दुर्गा प्रसाईंको नाममा जरिवाना काट्न माग गर्दै पैसा आफूहरूले दिने भन्दै समर्थकहरूले रकम उठाएका थिए ।
सोहीअन्तर्गत पोर्चुगलबाट उठेको रकम महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पुगेर संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलगायतको टोलीले उनलाई बुझाएको हो ।