
काठमाडौँ, ११ जेष्ठ । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह अर्थात् बालेनले २० हजार मतको अग्रता बनाएका छन् ।
१ लाख ६६ हजार ३१३ मत परिणाम भइसक्दा साहले प्राप्त गरेको मत ५४ हजार २१३ पुगेको छ ।
कांग्रेस उम्मेदवार सिर्जना सिंहले बालेनलाई पछ्याइरहेकी छन् । एमालेका उम्मेदवार केशव स्थापित मेयरको दौडमा तेस्रो स्थानमा रहेका छन् । सिर्जना सिंहले ३४ हजार १८० मत पाएकी छन् । सिंह साहभन्दा २० हजार ३३ मतले पछाडि रहेकी छन् । यस्तै एमालेका केशव स्थापितले ३३ हजार ६०९ मत पाएका छन् ।
यस्तै, उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले फराकिलो अग्रता कायमै राखेकी छन् । डंगोलले ६० हजार ६ सय ७५ मत ल्याएकी छन् । यो एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठको भन्दा ३९ हजार ९ सय ८९ मतले धेरै हो । श्रेष्ठले अहिलेसम्म २० हजार ६ सय ८६ मत पाएका छन् ।






