Logo

बालेनले विश्वासको मत लिनु नपर्ने



काठमाडौं, २६ फागुन । प्रतिनिधि सभा निर्वाचनमा स्पष्ट बहुमत प्राप्त गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बन्ने निश्चित भएको छ। संविधान अनुसार स्पष्ट बहुमत ल्याएको दलको संसदीय दलका नेता प्रधानमन्त्री नियुक्त हुने व्यवस्था भएकाले बालेनले विश्वासको मत लिनु नपर्ने भएको छ।

निर्वाचनअघि नै राष्ट्रिय स्वतन्त्र पार्टीले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा घोषणा गर्दै मत मागेको थियो। निर्वाचन परिणामले पार्टीलाई एकल बहुमत दिलाएपछि अब बालेन प्रधानमन्त्री नियुक्त हुने लगभग निश्चित भएको राजनीतिक विश्लेषकहरूले बताएका छन्।

नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार प्रतिनिधि सभामा स्पष्ट बहुमत प्राप्त दलको संसदीय दलको नेता प्रधानमन्त्री बन्ने प्रावधान छ। यस प्रावधान अनुसार नियुक्त भएका प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने आवश्यकता हुँदैन।

तर, यदि कुनै दलले स्पष्ट बहुमत नल्याई दुई वा सोभन्दा बढी दलको गठबन्धनमा सरकार गठन भएको अवस्थामा भने प्रधानमन्त्रीले संसदबाट अनिवार्य रूपमा विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्