Logo

बालेन्द्र साहले भेटे निहारिका राजपुतलाई



काठमाडौँ, २८ साउन । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले निहारिका राजपुतलाई भेटेका छन् । राजपुतको उपचार भइरहेको अस्पतालमै पुगेर मेयर साहले भेटेका हुन् ।

साहले निहारिका अत्याचारमा परेको भन्दै सरकारले न्याय दिनुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा बालेनले लेखेका छन्, ‘आफ्नो बच्चाको डीएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने? यो अत्ति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।’

आफू बलात्कारमा परेको भन्दै निहारिकाले न्याय मागेर महिनौँदेखि आन्दोलन गर्दै आएकी छन् । निहारिकाको छोरी पनि छ तर विवाह नहुँदै बलात्कारमा परेर छोरी जन्मिएको भन्दै उनले डीएनए परीक्षणको माग गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्