Logo

बालेन भन्छन्: नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ



काठमाडौँ, ९ भदौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले आफूले कानुनअनुसार नै काम गरेको बताएका छन् ।

बिहीवार दिउँसो नयाँ बानेश्वरमा रहेको अल्फा बिटा कम्प्लेक्सको अवैध संरचनामा डोजर चलाएपछि मेयर साहले यस्तो बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उनले आफ्नै नक्सा मलाई माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ ।’

यस्तै उनले आफैँले बुझेर अवैध संरचना हटाउन आग्रह गर्दै नक्सा जसरी पास भएको छ, त्यहीअनुसार संरचना बनाउन पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्