Logo

बालेन रास्वपाको केन्द्रीय बैठकमा सहभागी हुन वनस्थली पुगे



काठमाडौं, ४ माघ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पदबाट राजीनामा दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय वनस्थली पुगेका छन्। उनले आजै लागू हुने गरी उपमेयर सुनिता डङ्गोललाई राजीनामा बुझाएर पार्टी कार्यालयतर्फ प्रस्थान गरेका हुन्।

वनस्थलीस्थित कार्यालयमा प्रवेश गर्दा रास्वपाका नेता तथा कार्यकर्ताहरूले साहलाई स्वागत गरेका थिए। पार्टी स्रोतका अनुसार साह अब रास्वपाको वरिष्ठ नेताको रूपमा आज बस्ने केन्द्रीय समिति बैठकमा सहभागी हुनेछन्।

बैठकपछि साह, पार्टी सभापति रवि लामिछानेसहित शीर्ष नेतृत्व साँझ मधेश प्रदेशको राजधानी जनकपुर जाने कार्यक्रम तय गरिएको छ। त्यहाँ पार्टीको संगठन विस्तार र आगामी राजनीतिक गतिविधिबारे छलफल तथा भेटघाट हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्