काठमाडौँ, १० भदौ । सत्तारूढ नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मिनबहादुर विश्वकर्माले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले अराजक गतिविधिलाई बढावा दिइरहेको आरोप लगाएका छन् ।
बालेनले अनधिकृत रूपमा बनाइएका भौतिक संरचनाहरू डोजर लगाएर भत्काउने काम गरिरहँदा नेता विश्वकर्माको ‘अराजक गतिविधि’लाई बढवा दिएको आरोप लगाएका हुन् ।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले कानुनी दायरामा ल्याएर कारबाही गर्ने अधिकार हुँदाहुँदै मेयर शाहले ती भौतिक संरचनाहरू हटाउँदा अराजकता सिर्जना गरेको भन्दै आपत्तिसमेत जनाएका छन् ।
गृहमन्त्रीलाई बन्दुक चलाउने अधिकार भयो भन्दैमा बन्दुक चलाउन नमिल्ने तर्क गर्दै नेता विश्वकर्माले स्थानीय तहको बजार व्यवस्थापन गर्ने नाममा मेयरहरूले अराजक गतिविधि गर्न नहुने बताए ।







