Logo

बालेन संसदीय दलको नेता चयन हुँदै



काठमाडौं, १२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज दिउँसो ४ बजे केन्द्रीय समिति बैठक बोलाएको छ। बैठकपछि संसदीय दलको बैठक बसेर दलको नेता चयन गर्ने तयारी गरिएको छ।

आज सिंहदरबारमा नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएपछि रास्वपाले आन्तरिक बैठकहरूलाई तीव्रता दिएको हो।

बैठकमा संसदीय दलको नेता छनोटका साथै अन्य महत्वपूर्ण एजेण्डामाथि छलफल हुने जनाइएको छ। पार्टी स्रोतका अनुसार बालेन्द्र शाहलाई संसदीय दलको नेताका रूपमा चयन गर्ने तयारी भइरहेको छ।

संसदीय दलको नेता चयन भएसँगै पार्टीले रामचन्द्र पौडेलसमक्ष संविधानअनुसार प्रधानमन्त्रीका लागि नाम सिफारिस गर्ने योजना बनाएको छ।

यदि सबै प्रक्रिया पूरा भएमा शाहले शुक्रबार प्रधानमन्त्री पदको शपथ लिने तयारी समेत अघि ब

प्रतिक्रिया दिनुहोस्