Logo

बाहिरबाट ताल्चा लगाएको कोठामा युवती मृत फेला



धनगढी , ९ असार । धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा बाहिरबाट ताल्चा लगाएको कोठामा सोमबार बिहान एक युवती मृत भटिएकी छिन्।

डेरा गरेर बस्दै आएकी पुनर्वास नगरपालिका–११ अमरबस्तीकी ३० वर्षीया रेणु चौधरी ताल्चा लगाएको कोठामा मृत भटिएकी हुन्  । जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक अविवाहित हुन् ।

घटनाको प्रकृति शङ्कास्पद देखिएकाले घटनास्थललाई सिल गरेर अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्