Logo

बाहुण्डाँगी जेसीजको सप्ताह उद्घाटन



मेचीनगर, २० भदौ । बाहुण्डाँगी जेसीज वर्ष २०२३ को जेसीज सप्ताह बुधवारबाट सुरु भएको छ ।

कृष्णजन्मोष्टमीको अवसर पारेर मेचीनगर-१ कृष्णथुम्कीमा पानी वितरण कार्यक्रम गर्दै सप्ताहको उद्घाटन गरिएको हो ।

शाखाका अध्यक्ष केवल निरौलाको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी मेचीनगर-१ का वडाध्यक्ष रामकुमार राई रहेका थिए ।

सप्ताहको उद्घाटन गर्दै प्रमुख अतिथि अध्यक्ष राईले मानवताको सेवामा काम गर्दै आएको जेसीजले कृष्णथुम्कीमा आउने भक्तजनहरुका लागि नि:शुल्क पानी वितरण गर्दै आफ्नो वडाबाट कार्यक्रम सुरु गरेकोमा धन्यवाद दिए ।

वडा नम्बर २ का वडाध्यक्ष दिपक बरालको विषेश आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नम्बर १ का पूर्व वडाध्यक्ष पासाङ तामाङ, कार्यपालिका सदस्य तिलजा देवाल, चेतकुमार हुमगाई, पूर्व वडा सदस्य डिगेन थापा, कृष्णथुम्की मेला समितिका संयोजक सोम राईलगायतको सहभागिता रहेको मुल कार्यक्रम संयोजक सामुल रायाले जानकारी दिए ।

कार्यक्रम संयोजक शुष्मा मिश्रले मन्तव्यबाट स्वागत गरेको कार्यक्रममा आस्थापाठ कार्यकारीणी उपाध्यक्ष सुस्मिता खतिवडाले गरेकी थिइन् भने सञ्चालन महासचिव नित्यानन्द चम्लगाईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्