मेचीनगर, पुस ९ । बाहुनडाँगी जेसिज वर्ष २०२४ को अध्यक्षमा देबु बानियाँ सर्वसम्मत निर्वाचित भएका छन् ।
शाखाको १२ औँ वार्षिक साधारणसभाबाट बानियाँ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
२०१३ मा बाहुनडाँगी जेसिजमा आबद्ध भएर निरन्तर काम गर्दै आएका बानियाँले जेसिजका सबै पदहरुमा बसेर जिम्मेवारी पूरा गरेका छन् । प्रेस क्लब मेचीनगरका सचिव समेत रहेका बानियाँ पेशाले शिक्षक हुन् । उनी बलभद्र आधारभूत विद्यालयका शिक्षक हुन् ।
अधिवेशनले शाखाको कार्यकारिणी उपाध्यक्षमा सुष्मा मिश्र, केदार सुनवार तथा उपाध्यक्षहरुमा थेसिस रुचाल, पवन बराइली, सन्देश पौडेल र किरण गौतम सर्वसम्मत निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष बानियाँले विभिन्न पदमा मनोनित समेत गरेका छन् । मनोनित हुनेहरुमा महासचिवमा सुस्मिता खतिवडा, कानुनी सल्लाहकारमा न्युटन कार्की र कोषाध्यक्षमा नृत्यनन्द चम्लगाईं रहेका छन् । अन्य बाँकी पदहरुलाई शाखाको पद हस्तान्तरण समारोहमा हुनेछ ।






