Logo

बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी



झापा, ४ जेष्ठ । नेकपा एमालेले बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको छ ।

एमालेका तर्फबाट देवीन्द्रप्रसाद चम्लागाईले ७१४८ मत ल्याई अध्यक्ष पद जितेका हुन् । उनका प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष नेपाली कांग्रेसका खड्गप्रसाद राजवंशीले ४३६१ मत ल्याएका छन् ।

त्यसैगरी उपाध्यक्षमा एमालेकै शान्तादेवी शिवाकोटी ६६३६ मत ल्याई निर्वाचित भएकी छन् । उनका प्रतिद्वन्द्वी राप्रपाकी कमला राजवंशीले ४१९५ मत पाइन् ।

यसअघि गत निर्वाचनमा बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेसले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्