Logo

बाह्रदशी दुर्घटना अपडेट : मृतकको संख्या तीन पुग्याे, ३ वर्षीय बालककाे पनि मृत्यु



झापा, २६ असार । झापाको बाह्रदशीमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

स्कुटर चालक कचनकवल गाउँपालिका ३ डाकुपाराका ६० वर्षीय श्रीप्रसाद राजवंशीसंगै उनका ७ वर्षीय नाति आयुष राजवंशीको पनि मृत्यु भएको छ ।

गएराति ९ः२५ बजे आयुषको बीएण्डसी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीप्रसादकी बुहारी २७ वर्षीया उर्मिला राजवंशीको अबस्था पनि गंभीर रहेको छ । उनको आइसीयुमा उपचार भइरहेको छ ।

सो दुर्घटनामा हिजो स्कुटर चालक कचनकवल ३ डाकुपारा बस्ने ६० वर्षीय श्रीप्रसाद राजवंशी र मोटरसाइकल चालक भारत जिल्ला किशनगंज डिघलबैक थाना करलाबारी –१४ बस्ने २७ वर्षीय सुरज टुडूको मृत्यु भएको थियो ।

हिजो दिउँसो ३.४० बजे बाह्रदशी गाउँपालिका १ खयरबारीस्थित भित्री सडकखण्डमा राजगढबाट कुटीतर्फ जाँदै गरेको बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–०१६ प ९२७० नम्बरको स्कुटर एकापसमा जुधेका थिए ।

प्रतिक्रिया दिनुहोस्