Logo

बाह्रदशी र भद्रपुरले नि:शुल्क रगत उपलब्ध गराउने



फाइल तस्बिर

झापा, १९ साउन । बाह्रदशी गाउँपालिका र भद्रपुर नगरपालिकाले पालिकाभित्रका आफ्ना नागरिकलाई नि:शुल्क रगत उपलब्ध गराउने भएका छन् ।

चालु आर्थिक वर्ष २०७९/८० का लागि दुवै पालिकाले रगत अभावका कारण विपन्न नागरिकलाई समस्या नहोस् भन्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी झापासँग निःशुल्क रगत उपलब्ध गराउनका लागि सम्झौता गरिसकेको जनाएका छन् ।

नेरेसो झापा कार्यालयका अधिकृत हरिशरण खड्काले सम्झौता गरिएका पालिकाभित्र रहेका नागरिकमध्ये जोसुकैलाई रगत आवश्यक परेको खण्डमा नेरेसोले सञ्चालन गरेका रक्तसञ्चार केन्द्रबाट नि:शुल्क उपलब्ध गराइने जानकारी दिए ।

उनले सम्झौता गरिएको पालिकाका बासिन्दा हो भन्ने विवरण खुलेको कागजात वा पालिकाले सिफारिस गरेको कागजातको आधारमा बिरामीलाई रगत उपलब्ध गराउने बताए ।

प्रतिक्रिया दिनुहोस्