
झापा, २ जेष्ठ । झापाको बाह्रदशी गाउँपालिका वडा नं.४ मा स्वतन्त्र उम्मेदवारहरुले पुरै प्यानल नै जितेका छन् ।
गुलाफ फूल चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवारहरुले वडाध्यक्षदेखि सदस्यसम्म पाँचवटै पद जितेका हुन् ।
स्वतन्त्र उम्मेदवार अहताब आलमले ७५२ मत ल्याएर वडाध्यक्ष जितेका छन् । उनका प्रतिद्वन्द्वी माओवादीका समिम मियाले ५९१ मत पाएका छन् ।
त्यस्तै खुल्ला सदस्यमा स्वतन्त्र उम्मेदवार विवेककुमार गणेश ७२०, स्वतन्त्र उम्मेदवार बलबहादुर बानिया ६८५, महिला सदस्यमा स्वतन्त्र उम्मेदवार कल्पना श्रेष्ठ ७५२ र दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार सुमित्रादेवी मोचीले ७३५ मत ल्याएर विजयी भएका छन् ।







