Logo

बाह्र महिला कामदारको मृत्यु



इन्डोनेसिया, १६ वैशाख । इन्डोनेसियाको उत्तरी भागमा पर्ने सुमात्रा प्रान्तमा बिहीबार दिउँसो पहिरोमा परी सुन खानीमा काम गर्ने बाह्र जना महिला कामदारको मृत्यु भएको छ ।

अवैधानिक रुपमा सञ्चालन हुदै आएको सुन खानीमा काम गर्ने कम्तीमा १२ जना महिलाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका स्थानीय प्रहरीले शुक्रबार जानकारी दिएका छन् ।

मण्डैलिङ नाताल क्षेत्रको बन्दर लिमाबुङ गाउँमा पहिरो जानुअघि अवैध सुन खानीमा केही व्यक्ति काम गरिरहेका थिए । अचानक चट्टानको एक भाग भत्किएको र यसमा परी खानीमा काम गरिरहेका महिलाहरु मारिएका जिल्ला प्रहरी प्रमुख रजा चेरुलले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् ।

खानीमा काम कुल १४ जना पहिरोमा गाडिएका थिए । ती मध्ये दुई जना बाँचेका र मृतकहरुलाई प्रहरीले उद्धार गरी परिवारलाई फिर्ता गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्