Logo

बिजुलीको पोल ढलेर लाग्दा वडा सदस्यको ज्यान गयो



मकवानपुर, १६ फागुन । मकवानपुरको बकैया गाउँपालिका-७ को मानदमारमा बिजुलीको पोल ढलेर लाग्दा वडा सदस्यको ज्यान गएको छ ।

मृत्यु हुनेमा सोही वडाका वडा सदस्य ४० वर्षीय रामकुमार तितुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

मङ्गलबार दिउँसो १:३० बजे आफ्नै घर अगाडि हिँडिरहेको अवस्थामा एक्कासि बिजुलीको पोल ढल्दा लागेर उनी सख्त घाइते भएपछि उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पतालमा लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि मङ्गलबार अपराह्न भरतपुरस्थित मेडिकल कलेज लगिएकामा उपचारका क्रममा आज बिहान मृत्यु भएको उनले जानकारी दिए ।

मृतक तितुङको शव हाल सोही अस्पतालमा राखिएको र घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्