Logo

बिदाइ कार्यक्रममा मन्त्री झाँक्रीका आँसु रोकिएनन्



काठमाडौँ, १२ असार । शहरी विकास मन्त्रालयले राखेको बिदाइ कार्यक्रममा मन्त्री रामकुमारी झाँक्री भावुक बनेकी छन् ।

आइतवार मन्त्रालयमा पत्रकार सम्मेलनसँगै मन्त्रीको बिदाइको कार्यक्रम राखिएको थियो । बिदाइ कार्यक्रममा मन्त्रालयका कर्मचारीले मन्त्री झाँक्रीले गरेका कामको विवरण सुनाइरहँदा मन्त्री झाँक्री भने निकैबेर रुएकी थिइन् । उनले पटक-पटक टिस्यु पेपरले आँसु पुछेकि थिइन् ।

यसअघि मन्त्री झाँक्रीले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्