Logo

बिनासर्त दाजुहरुलाई तत्काल रिहाइ गर्न भाइको माग



झापा, २१ जेठ । झापा शिवसताक्षी नगरपालिका १ का लक्ष्मीप्रसाद बजगाईँले पाँच दिन अघि पक्राउ गरिएका दाजुहरु सोमनाथ र घनश्यामको तत्काल रिहाइको माग गर्नु भएको छ ।

बिनाकारण पक्राउ गरेर दाजुहरुलाई हिरासतमा राखेको दाबी गर्दै लक्ष्मीले बिनासर्त उहाँहरुको रिहाईको माग गर्नुभएको हो । गत बुधबार दाजु घनश्यामसहित सोमनाथ छोराको जन्मदर्तामा भएको त्रुटी सच्याउन शिवसताक्षी १ को वडा कार्यालय जानु भएको थियोे ।

छिटो त्रुटी सच्याइदिन सोमनाथले भन्नासाथ वडासचिव नन्दिकिशोर भट्टराईले सर्जमिन गर्नु पर्ने, त्यो नगर्ने भए खर्च लाग्ने बताएपछि उनीहरू बीच विवाद भएको थियो । आफूमाथि कुटपिट भएको भन्दै सचिव भट्टराईले दाजुहरुलाई पक्राएको लक्ष्मीप्रसादको दाबी छ । उहाँले विज्ञप्ति निकालेर सरकारी कर्मचारी भएकै आडमा सचिव भट्टराईले आफ्नो दाजुहरुलाई थुनाएको उल्लेख छ ।

सचिव भट्टराईले दाजुहरुलाई क्यान्टिनमा बोलाएर पैसाको बार्गेनिङ गर्नुभयो, पैसा नदिने बताएपछि यी तेरो काम गर्छु भन्दै औँला बनाएर देखाउनुभयो विज्ञप्तिमा लेखिएको छ, घम्साघम्सीसम्म भएको हो, कुटपिट भएको होइन । विज्ञप्तिमा लेखिएको छ,ू कार्यालय परिषरमा कुटपिट भयो भन्ने कुरामा कुनै सत्ययता छैन ।

सोमनाथले सर्जमिनमा आफू आउन नभ्याउने र दाजु घनश्याम आउँदा हुन्छ भन्ने रु जिज्ञासा सचिव भट्टराईसँग राख्दा छोरो र बुहारी नै दाजुलाई जिम्मा लगाई दिन्नु नि १ू भन्ने सामाजिक मर्यादा विपरीतको जवाफ दिएको र पारिवारिक विखण्डन ल्याउने हर्कत गरेको लक्ष्मीप्रसादले निकालेको विज्ञप्तिमा लेखिएको छ ।

सोमनाथ र घनश्याम बजगाईँलाई इलाका प्रहरी कार्यालय झिलझिलेक हिरासतमा हुनुहुन्छ । सचिव भट्टराईले नगरपालिकाका कर्मचारीको बल र सञ्चारमाध्यममा झुठा समाचार सम्प्रेषण गराएर दजुहरुलाई थुनाएको जिकिर गर्नु भएको छ । लक्ष्मीप्रसादले दाजुहरुको रिहाइका लागि पहल गरिदिन सार्वजनिक अपिल समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्