Logo

बिना निष्कर्ष टुङ्गियाे संवैधानिक परिषद्को बैठक



काठमाडौँ, ६ वैशाख । संवैधानिक परिषद्सम्बन्धी बैठक बिना निष्कर्ष सकिएको छ ।

सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुधवार बिहान बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा प्रधानन्यायाधीश नियक्तिको विषयमा छलफल भएको तर कुनै निर्णय हुन नसकेको बताए । उनले अर्को बैकठले प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय गर्ने पनि बताएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा भएको बैठकमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, उपप्रधानमन्त्री एवं रक्षा तथा कानून, न्याय र संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्