Logo

बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक रेग्मी पक्राउ



काठमाडौँ, ८ फागुन । बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन् ।

केन्द्रीय साइबर ब्युरोले रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान पक्राउ गरेको हो ।

थाइल्यान्डबाट नेपाल आउँदै गरेका बेला रेग्मीलाई विमानस्थलबाटै पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ ।

रेग्मीले सामाजिक सञ्जालमामार्फत् कलाकारलाई अपशब्द प्रयोग गरेको तथा लाञ्छना लगाएको आरोपमा साइबर ब्युरोमा उजुरी परेपछि पक्राउ गरिएको  प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस्