Logo

बिरामी बोकेको बोलेरो दुर्घटना: तीन जनाको मृत्यु



पाँचथर, १२ असार । पाँचथरबाट बिरामी बोकेर झापातर्फ आउँदै गरेको बोलेरो इलाममा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

पाँचथरको मिक्लाजुङस्थित प्राथमिक स्वास्थ्य केन्द्र रबिबाट बिरामी लिएर झापाको दमक जाँदै गरेको बोलेरो इलामको माङसेबुङ गाउँपालिका-२ दहगाउँमा दुर्घटना हुँदा पाँचथरका दुई तथा इलामका एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका-५ कुरुम्बाका ६५ वर्षीय हिमप्रसाद लावती र उनकी श्रीमती ५७ वर्षीय पदमकुमारी तथा इलामको माङसेबुङ गाउँपालिका-२ का ५० वर्षीय प्रकाश राई छन् ।

घाइतेमध्ये हिमप्रसाद र प्रकाशको घटनास्थलमै तथा पदमकुमारीको उपचारका लागि झापाको दमक लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

रबिबाट दमकतर्फ जाँदै गरेको मे१ज ४८७ नंको बोलेरो आज दिउँसो करिब १२ बजे सडकबाट करिब २०० मिटर तल झरी दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्