Logo

बिर्तामोडका कृषकलाई दुग्ध सामग्री हस्तान्तरण



बिर्तामोड, १४ वैशाख । बिर्तामोड नगरपालिकाले बिहिवार दुग्ध किसानलाई चिलिङ्ग भ्याट, आल्मुनियमको मिल्क क्यान र दाना पिस्ने मेशिन हस्तान्तरण गरेको छ ।

नगरपालिकाको पशुपंछि तथा मत्स्य विकास शाखाको वार्षिक स्विकृत कार्यक्रम २०७९÷०८० अनुसार चिलिङ्ग भ्याट ३ जना, मिल्क क्यान ९ जना र दाना पिश्ने मेशिन ५ वटा समुहलाई वितरण गरिएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप–प्रमुख नगेन्द्र प्रसाद संग्रौला लगायत वडाअध्यक्ष तथा कार्यपालिका सदस्यले सामाग्री हस्तान्तरण गरेका थिए । मिल्क क्यान ९ जनालाई २÷२ वटाका दरले १८ वटा वितरण गरिएको थियो ।

चिलिङ्ग भ्याट पाउनेमा बिना अधिकारी, तारा बुढाथोकी, खेम प्रसाद अधिकारी र मिल्क क्यान पाउनेमा कर्ण नैना दुग्ध डेरी उद्योग, देवी प्रसाद तिम्सिना, सुवोध ढुंगेल, प्रेम प्रसाद बराल, पुण्यप्रसाद अधिकारी, खेमप्रसाद अधिकारी, घनश्याम बराल, सारदा शाह, दलबहादुर घिमिरे रहेका छन् ।

यस्तै बंगुर तथा बाख्राको दाना पिसाउने मेशिन प्राप्त गर्नेमा मौषमी कृषि तथा पशुपालन समुह, बुङ्गचे पशुपालन तथा कृषि फर्म, विवेक बाख्रा फर्म, सन्देश महिला बंगुरपालन कृषक समुह र समावेशी बहुउदेृश्यीय कृषि फर्म रहेका छन् ।

चिलिङ्ग भ्याट र दाना पिसाउने मेशिनमा ५० प्रतिशत नगरपालिकाको अनुदान र ५० प्रतिशत कृषकको लगानी रहेको पशुपंछि मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिइन् । मिल्क क्यानमा भने नगरको शतप्रतिशत अनुदान रहेको छ ।

चिलिङ्ग भ्याटको कुल लागत ३ वटाको ७ लाख ३५ हजार, दाना पिसाउने मेशिन ५ वटाको १ लाख ९० हजार र मिल्क क्यानको २ लाख रुपैयाँ रहेको नगरपालिकाले जनाएको छ ।

सामग्री वितरण कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डे, वडा नम्बर ७ का कृष्ण अविरल खरेल, वडा नम्बर १० का दुर्योधन गुरुङ, नगरका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीलगायत कार्यपालिका सदस्यको सहभागिता रहेको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्