काठमाडौं, १० भाद्र । झापाको बिर्तामोड नगरपालिका ७ बस्ने केशब चाम्लिङको घरमा गए राती आगलागी भएको छ ।
आगलागीबाट बिर्तामोड ७ विरान टोल बस्ने चाम्लिङको काठको घर र भान्सा पूर्णरुपमा जलेर नष्ट भएको ।
विद्युत सर्ट भई आगो सल्केको हुनसक्ने आशंका गरिएको छ । आगलागीबाट ५० लाखभन्दा बढीको क्षति भएको प्ररम्भिक अनुमान गरिएको छ ।
विहान ३:३० बजेतिर लागेको आगो दुई घण्टा पछी नियन्त्रणमा आएको थियो । बिर्तामोड, भद्रपुर र मेचीनगरको तीनवटा वारुण यन्त्र, प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको थियो ।