Logo

बिर्तामोडका जेष्ठ नागरिकलाई न्यानो कपडा



बिर्तामोड, १९ माघ । बिर्तामोड नगरपालिकाले विपन्न जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

नगरपालिकाको कार्यालयमा आज आयोजित एक कार्यक्रमका विच नगरले एक सय जनालाई व्लाङ्केट वितरण गरेको हो ।

सामाजिक विकास शाखाको वार्षिक कार्यक्रम अन्तर्गत नगरका १० वटै वडाबाट सिफारीस भएर आएका १०/१० जनालाई व्लाङ्केट वितरण गरीएको नगरका सामाजिक विकास शाखा प्रमुख डिल्ली दाहालले जानकारी दिए ।

उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले विपन्न जेष्ठ नागरिकहरुको स्वास्थ्यलाई ख्याल गर्दै नगरको तर्फबाट न्यानो कपडा व्लाङ्केट वितरण गरीएको बताइन् ।

आगामी दिनमा थप सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्दै उनले सबै जनालाई आफ्नो स्वास्थ्यको ख्याल गर्न र खानपान, रहनसहनमा ध्यान दिन आग्रह गरेकी छन् ।

यस्तै नगर उपप्रमुख तथा स्थानीय अपाङ्गता भएका व्यक्तिहरुको अधिकार समन्वय समितिका संयोजक नगेन्द्र प्रसाद संग्रौलाले मापदण्डका आधारमा व्लाङ्केट वितरण गरेको बताए ।

नगरपालिकाले व्लाङ्केट लिन आउने सबै विपन्न जेष्ठ नागरिकहरुलाई जनहि दुई सय रुपैयाँका दरले भाडासमेत दिएको छ ।

न्यानो कपडा वितरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, वडाअध्यक्षहरु मदन बुढाथोकी, राहुल शर्मा, रोहित प्रसाई, अजय कार्की लगायत जनप्रतिनिधि र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्