Logo

बिर्तामोडका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई तालिम



बिर्तामोड, २० जेठ । बिर्तामोड नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुका लागि दुई दिने अभिमुखिकरण तालिम बिहीबारदेखि शुरु भएको छ ।

व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा, गुनासो दर्ता, घटना दर्ता शिविर तथा स्थानिय सरकार सञ्चालन सम्वन्धि तालिम शुरु भएको हो ।

मंगलबार बसेको कार्यपालिका बैठकले निर्णय गरेअनुसार नवनिर्वाचित जनप्रतिनिधिहरुलाई तालिमको आयोजना गरीएको हो । तालिमको नगरप्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरेकी थिइन् ।

उक्त तालिममा प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपाने, वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिना, झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपाने र विषयविज्ञ विजय तिम्सिनाले सहजीकरण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्