Logo

बिर्तामोडका न्यायिक समिति र मेलमिलाप केन्द्रलाई तालिम



झापा, १५ वौखख । बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाईले न्यायिक समिति र मेलमिलाप केन्द्रका पदाधिकारीका लागि ७ दिने आधारभूत तालिमको बिहिवार उद्घाटन गरेकी छन् । नगर प्रमुख प्रसाईले न्यायिक समिति र मेलमिलाप केन्द्रको कार्य सम्पादनमा थप सुधार ल्याउनु पर्ने बताइन् ।

नगर प्रमुख प्रसाईले मुद्दा आफ्नो र अर्काको नहुने भएकोले धैर्यतापूर्वक गुनासो सुन्न र निर्णयमा पुग्न विवेक प्रयोग गर्नु पर्ने बताइन् । आफु नगर उपप्रमुख हुँदा बिर्तामोडको न्यायिक समिति जिल्लाकै उत्कृष्ट भएको चर्चा गर्दै उनले क्षेत्राधिकार र मुद्वाको प्रकृति अनुसार हेर्न मिल्ने नमिल्ने कुरामा समेत सचेत रहनु पर्ने बताइन् । नगर प्रमुख प्रसाईले प्राकृतिक न्यायको सिदान्तका आधारमा छलफल गर्नु पर्नेमा जोड दिँदै तालिममा सहभागी सबैलाई अव्वल बन्न आग्रह गरिन् ।

यस्तै नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक नगेन्द्र प्रसाद संग्रौलाले प्रश्न उठ्ने गरि कुनै पनि मेलमिलाप नगराउन सबैलाई आग्रह गरे । वहस पैरवीको समयमा समस्या भए विज्ञसँग सल्लाह लिन सुझाव दिँदै उनले उत्कृष्ट कार्य सम्पादनमा जोड दिए ।

तालिममा अधिवक्ता कमला आचार्य, दिपेन्द्र भट्टराईले प्रशिक्षण दिने नगरकी न्यायिक शाखा अधिकृत टीका लामिछानेले जानकारी दिइन् । उद्घाटन कार्यक्रममा वडा नम्बर १० का वडाअध्यक्ष दर्योधन गुरुङ, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । तालिम बैशाख २० गतेसम्म सञ्चालन हुनेछ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्