Logo

बिर्तामोडको नगर प्रमुखमा प्रसाई र उपप्रमुखमा संग्रौला विजयी



बिर्तामोड , ६ जेठ । झापाको बिर्तामोड नगरपालिकाको प्रमुखमा पवित्रा महतारा (प्रसाईं) विजयी भएकी छन् भने उपप्रमुखमा एमालेकै नगेन्द्र संग्रौला निर्वाचित भएका हुन् ।

शुक्रबार सम्पन्न मतगणनामा बिर्तामोडको मेयरमा निर्वाचित महताराले कांग्रेसका भोजराज सिटौलालाई ३ हजार ७५८ मतान्तरले पराजित गरिन् । प्रसाईले १६ हजार ५२० मत प्राप्त गरिन् भने निकटतम प्रतिद्वन्द्वी सिटौलाले १२ हजार ७६२ मत मात्र पाए ।

उपमेयरमा निर्वाचित संग्रौलाले प्रतिद्वन्द्वी माओवादी केन्द्रका चन्द्रप्रसाद (सीपी) कडरियालाई ७ हजार १३५ मतान्तरले पराजित गरे । संग्रौलाले १५ हजार ५८६ मत पाए भने कडरियाले ८ हजार ४५१ मत पाए ।

महतारा जिल्लामा नगरपालिकाको मेयर पदमा निर्वाचित पहिलो महिला बनेकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्