Logo

बिर्तामोडको बिजोक ! पानी परेपछि हिलैहिलो (फोटो फिचर)



बिर्तामोड, १४ फागुन । समयमा निर्माण नभएर अस्तव्यस्त भएको बिर्तामोड भद्रपुर सडक मंगलवार रातीबाट परेको पानीले हिलाम्मे भएपछि आजतजावतमा समस्या भएको छ ।

सडकका खोल्डामा पानी जमेर हिलाम्मे भएपछि पैदल यात्रु, साइकल, मोटरसाइकल, सिटी सफारी, टेम्पो चालकलाई समस्या भएको हो । अरु समयमा धुलोले बसिनसक्न् भएको बिर्तामोड–भद्रपुर सडकमा आज धने हिलैहिलो भएकाले ट्राफिक जाम भएको थियो ।

बिर्तामोड–भद्रपुर सडक चौबिसै घण्टा व्यस्त हुने सडक हो । बाटोको दाँया बाँया दुवै तिर खाल्डाखुल्डी छन् । बिजुली, टेलिफोन र केबलका तार भुइँभरी लत्रिएका छन् । गाडी पार्किङ गर्न राम्रो व्यवस्था छैन । सडकमा बिभिन्न कार्यक्रमका गेट ठड्याइदा पैदल यात्रुले सास्ती भोग्नु परेको छ । आसपासमा पसल र स्थानीयको जनजीवन अस्तव्यस्त भएको छ ।

बिर्तामोेडको मुख्य चोकबाट बिर्तामोड नगरपालिकाको कार्यलय हुँदै भद्रपुर तर्फ जाने बाटो अहिले हिँड्न नसकिने भएको छ । पानी परेको समयमा मुक्ति चौकबाट खोला जस्तै सडकमा पानी बगेको छ ।

स्मार्ट सिटीको अवधारणाअनुसार यस सडकलाई चार लेनको बनाउने गरी भएको निर्माण कार्य सुई वर्ष भइसकेको छ । सम्झौताअनुसार २०७६ पुस मसान्तसम्मा सक्नु पर्ने निर्माण कार्य सक्नु पर्ने हो । तर, अहिलेसम्म सडक किनाराको पक्की नाला बनाउने कामसमेत पूरा हुन सकेको छैन ।

आशिष प्रेरा जेभीले निर्माणको ठेक्का लिएको सो सडकमा लामो समयसम्म काम अघि नबढेपछि निर्माणले गति लिन नसकेको हो । गएको मंसिर ११ गतेदेखि स्थानीय निर्माण व्यवसायी केदार गिरीले निर्माण कार्य गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्