Logo

बिर्तामोडको शनिश्चरे रोडमा सडक अवरुद्ध



झापा, १५ साउन । झापा, १५ साउन । झापाको बिर्तामोडस्थित मा स्थानीयवासीहरूले अवरुद्ध गरेका छन् । शनिश्चरे रोडको टाटा सोरुमदेखि महानन्द चोकसम्मको मुख्य बाटोम ङ्गलबार बिहान स्थानीयबासीले बास लगायत विभिन्न बस्तुहरू राखेर सडक अवरुद्ध पारेका हुन ।

सङ्घीय सरकार अन्तरगतको बजेटमा ठेक्का लागेको उक्त सडक पुन निर्माणको कार्य गर्न निर्माण पक्षले ढिलासुस्ती गरेका कारण आवागमनमा समस्या पैदा भएको र सडक निर्माण कार्य द्रुत गतिमा अगाडि बढाउन दबाब सृजना गर्ने उद्देश्यले सडक बन्द गरिएको स्थानीय व्यबसायी निरज चुडालले बताउनुभयो ।

केही सञ्चारमाध्यमहरूले प्रायोजित रुपमा टाटा सोरुमबाट शनिश्चरेसम्म कालोपत्रे गरेको भनी झुटा समाचार समेत प्रसारण गरेको भन्दै जनताको भावनामाथि खेलबाड गर्ने छुट कसैलाई पनि छैन भन्दै स्थानीय राजेश पौडेलले आक्रोश व्यक्त गर्नुभयो । सडक अवरुद्ध गर्नको लागि स्थानीय १५ जना युवाहरू सडकमै तैनाथ रहेका छन् ।

यस अघि हिजो सोमवारबाटै सडक अवरुद्ध गरेर विरोधमा उत्रन लाग्दा ठेकेदार कम्पनीले काम तत्काल थाल्ने जनाएको भएपनि काम सो अनुसार नभएकाले सडक अवरुद्ध गर्नुपरोको वताईएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्