झापा, ५ जेठ । झापाको बिर्तामोड नगरपालिका–५ स्थित पूर्व पश्चिम राजमार्गबाट तीन करोड ६१ लाख मूल्य बराबरको सामाग्रीसहित तीन वटा भारतीय नम्बरका कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको छ ।
।
आइतवार साँझ ७ बजेको समयमा भारतबाट काँकरभिट्टा हुँदै नेपालतर्फ भित्रिएका तिन वटा भारतिय नम्बरका कन्टेनरहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्दा भन्सार छलेर ल्याउँदै गरेको सामाग्री पक्राउ गरिएको हो ।
३ करोड ६१ लाख बराबरको अबैध सामानहरु फेला परेकोले उक्त सामान तथा कन्टेनरहरुलाई बरामद गरी आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाएर सो सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।