Logo

बिर्तामोडमा आगलागी हुदा ग्वाली र मिल जलेर २५ लाखको क्षति



झापा, १६ पुस । झापाको बिर्तामोड ७ मा आज बिहान आगलागी हुुदा २५ लाखबराबरको क्षति भएको छ ।

बिर्तामोड ७ मियावारी निवासी लालबहादुर अधिकारीको ग्वाली र मिलमा आगलागी हुदा २५ लाखबराबरको क्षति भएको हो । बिहान ४:४० बजेतिर विद्युत सर्ट भई मिलमा आगलागी भएको जनाईएको छ ।

आगलागीबाट मिलमा प्रयोग हुने उपकरण, मकै, पराल जलेको छ भने एउटा बाछी मरेको र अर्को घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

बिर्तामोड नगरपालिकाको दमकल, गरामनी प्रहरी चौकीका प्रहरी र स्थानीयको सहयोगमा बिहान ७ बजे आगलागी नियन्त्रणमा लिइएको बिर्तामोड ७ का अध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्