झापा, २ असार। झापाको बिर्तामोडमा एक पुरुष मृत अबस्थामा फेला परेका छन् ।
बिर्तामोड १ स्थित हिरो मोटरसाइकल शोरुमको अगाडि पेटीमा अन्दाजी ६५ वर्षको पुरुष आज बिहान नांगो अबस्थामा मृत फेला परेका हुन् । तत्काल नाम थर वतन खुल्न नसकेको ती व्यक्ति तराई मूलको जस्तो देखिने इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले बताउनुभयो ।
ती व्यक्तिलाई स्थानीयले मागेर हिडेको देखेका थिए । मृतकको पहिचान खुलाउने र अन्य कानुनी प्रक्रिया भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिए ।