झापा, १३ जेठ । नगरपालिका वडा नम्बर ६ मा कुचो बनाउने तालिम सम्पन्न भएको छ । नगरपालिकालको आर्थिक सहयोगमा सन्देश महिला बंगुर पालन कृषक समुहले आयोजना गरेको तालिम सम्पन्न भएको हो ।
तालिममा शुभ विहानी शेर्मा टोलका २५ जनाको सहभागिता थियो । तालिम समापन कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले कुचो सबैका घरमा आवश्यक पर्ने भएकोले तालिम उपलव्धि मुलक बनाउन आग्रह गरिन् । व्यवसायिकरुपमा यो पेशालाई अगाडि बढाउन सकिने भन्दै उनले तालिम उपयोगी बन्नेमा विश्वास व्यक्त गरिन् । तालिम समापन कार्यक्रममा नगरका वरिष्ठ योजना अधिकृत जय तिम्सिनाको पनि उपस्थिति रहेको थियो ।
तालिममा सहभागीलाई स्थानीय विरु राईले प्रशिक्षण दिएका थिए । महिलाले घरमै बसेर उपयोगी कृषि सामग्री उत्पादन गर्न सक्ने भएकाले तालिमको व्यवस्था गरिएको तालिम आयोजक समिति संयोजक आइतमाया शेर्माले आग्रह गरिन् । सहभागीलाई नगर प्रमुख प्रसाई र वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले प्रमाण पत्र दिएका थिए ।







