झापा, ४ जेठ । झापाको बिर्तामोडमा चारतले घर माथिबाट खसेर एकजना मजदुरको मृत्यु भएको छ ।
बिर्तामोड १ का दिनेश मैनालीको घर निर्माण गर्नेक्रममा विहिवार दिउसो चार तला माथिबाट खसेर भारत बोतलवारी घर भएका २० वर्षीय चामाल हक गंभीर घाइते भएका थिए । उनलाई उपचारको लागि बिर्तासिटी हस्पिटल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकका आफन्त आज बिहान मात्र आइपुगेकाले प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टम गराई आज दिउँसो मृतकका बुवालाई शव जिम्मा दिइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले जानकारी दिनुभयो।






