बिर्तामोड, २२ मंसिर । बिर्तामोड नगरपालिकाले जग्गा वर्गीकरणको कामलाई तिव्रता दिएको छ ।
नगरपालिकामा बुधबार बसेको स्थानीय भू-उपयोग परिषदको बैठकले कहि दिन भित्रमा जग्गा वर्गीकरणको काम सक्ने गरिका विषयमा छलफल गरेको हो ।
उक्त बैठकले बिहीबार देखि तालिका बनाएर प्राविधिक टोली सहित नगरप्रमुख पवित्रा महतारा प्रसाई र प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपाने सबै वडामा पुग्ने निर्णय गरेको छ ।
बिर्तामोड नगरपालिकाले सबै वडामा यसअघि देखि नै प्राविधिक टोली पठाएर जग्गा वर्गीकरणको काम गरिरहेको छ ।
नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बसेको बैठकमा प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपाने, सबै वडाका वडाध्यक्ष,कार्यपालिका सदस्य लगायतको उपस्थिति रहेको थियो । नगरपालिकाले सबै वडामा स्थानीय भू-उपयोग परिषदको वडा समितिसमेत यस अघिनै गठन गरिसकेको छ ।






