Logo

बिर्तामोडमा जङ्गली हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु



झापा, ९ असोज । झापाको बिर्तामोडमा जङ्गली हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ।

गएराती १०-११ बजेको समयमा बिर्तामोड ७ खालबाडीमा जङ्गली हात्तीको आक्रमणबाट बथुला मियाका २७-२८ वर्षीय छोरा डिएसपी मियाको मृत्यु भएको हो।

रातको समयमा बाटोमा साइकलमा सवार मियालाई जङ्गली हात्तीले आक्रमण गरेको वडा नम्बर ७ का वडा अध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिनुभयो ।

बिर्तामोड ७ को खालबाडी क्षेत्रमा दैनिक जसो आउने जङ्गली हात्तीका कारण स्थानीयवासीले ठूलो समस्या भोग्दै आउनुपरेको छ।

हालसम्ममा बिर्तामोडको वडा नम्बर ७ मा जङ्गली हात्तीकै आक्रमणका कारण चारजनाले ज्यान गुमाइसकेको वडा अध्यक्ष खरेलले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्