Logo

बिर्तामोडमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो कार



झापा, ३० वैशाख । पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको बिर्तामोडमा दुर्घटनाग्रस्त अवस्थामा एउटा कार भेटिएको छ ।

प्रदेश १-०२-००२ च ६५०४ नम्बरको कार विर्तामोडको भगवान चोक अगाडी कल्भर्टमुनि खसेको अवस्थामा भेटिएको हो ।

नजिकै रहेको  होटेल किंग्सबरीबाट निस्किएको कार राती १ बजे दुर्घटनामा परेको स्थानीवासीले वताएका छन् । चालकले मादक पदार्थ सेवन गरेका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । दुर्घटनामा कोही घाइते नभएको र सवारी धनीसमेत सम्पर्कमा नभएको कारण खोजी भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्