झापा, १० साउन । झापाको बिर्तामोडमा धानको बीउ उखेल्दा उखेल्दै एक व्यक्तिको मृत्यु भएको छ ।
बिर्तामोड ७ को वडा कार्यालय नजिकै रहेको सम्प्राज लिम्बूको खेतमा आज दिउँसो धानको बीउ उखेल्ने क्रममा वडा नं ६ मंगलचोक बस्ने ५६ वर्षीय हेमप्रसाद रिजालको मृत्यु भएको हो ।
उनी अचानक ढलेर बेहोस भएपछि उपचारको लागि आफन्तले बीएण्डसी अस्पताल बिर्तामोड पुर्याएका थिए । दिउँसो १२ः५० बजे डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले बताउनुभयो ।