Logo

बिर्तामोडमा नक्कली नागरिकतासहित युवक पक्राउ



झापा, १७ पुष । बिर्तामोड नगरपालिका–३ स्थित शिवम् मिठाइ पसलमा नक्कली नागरिकतासहित एक युवक पक्राउ परेका छन्।

खाजा खान आएका शिवसताक्षी नगरपालिका–११ निवासी २३ वर्षीय पप्पु ठाकुरलाई कागजात जाँच गर्ने क्रममा शंका लागेपछि नियन्त्रणमा लिइएको हो।

पसल सञ्चालकले जिल्ला प्रशासन कार्यालय झापालाई दिएको गोप्य सूचनाका आधारमा सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँ र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले ठाकुरको साथबाट नक्कली जस्तो देखिने एक थान नेपाली नागरिकताको प्रमाणपत्र बरामद गरेको जनाइएको छ।

हाल उनलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी प्रसाईँले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्