Logo

बिर्तामोडमा बजार अनुगमन गर्दा म्याद गुर्जेका सामग्री फेला



बिर्तामोड, ३० असोज । बिर्तामोड नगरपालिकाले वडा नम्बर ३ स्थित बिर्ता बजारमा अनुगमन गरेको छ । नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाको नेतृत्वमा आज खाद्यन्न तथा मासु पसलहरुको अनुगमन गरिएको हो ।

अनुगमनमा केही म्याद गुर्जेका पेय पदार्थ फेला परेको थियो । अर्विन आछामेले सन्चालन गरेको अम्बिका किराना पसलमा भारतीय ब्राण्डको केही थान ुनिम्बु फ्रेस म्याद नाघेको तर बिक्रीका लागि राखिएको फेला परेको थियो । अनुगमन टोलीले म्याद नाघेको अखाद्य वस्तु जफत गरि आगामी दिनमा यस प्रकारको गल्ती दोहोरिन नदिन सचेत गराएको छ ।

यस्तै गणेश फ्रेस हाउस दुर्गन्धित रहेको पाईएकोले सरसफाईमा ध्यान दिन निर्देशन गरिएको छ । अनुगमनका क्रममा अधिकांसले नगरमा व्यवसाय दर्ता नगरेको, नविकरण नगरेको र मुल्य सूची ठिक ठाउंमा नराखेको फेला परेको थियो । उनीहरुलाई नगरपालिकामा आवश्यक कागजात सहित ३ दिन भित्र हाजिर हुन निर्देशन गरिएको छ ।

नगर उप प्रमुख संग्रौलाले अनुगमनलाई नियमित गरिने जानकारी दिए । जनताको स्वास्थ्यलाई असर गर्ने अखाद्य वस्तु विक्री नगर्न उहाँले सबैलाई आग्रह गर्नु भयो । नगर उपप्रमुख संग्रौलाले बजारमा अखाद्य वस्तु वेचेको प्रमाण सहित सुराकी गर्नेलाई नगद ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिने पनि बताए ।

बजार अनुगमनमा कार्यपालिका सदस्य तिला गौतम, संगीता सिवा, वडा नम्बर ३ का वडा सदस्य हरि बाँस्कोटा, नगरका राजस्व शाखा प्रमुख पदम घिमिरे, बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य गुन्जन प्रसाई लगायत जनप्रतिनिधि तथा जनपथ प्रहरी र नगर प्रहरीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्